राष्ट्र ब्याङ्कले रु १, २, २५ र २५० दरका नोटहरू किन छाप्दैन?
नेपाल राष्ट्र ब्याङ्कले ११ प्रकारका नोटहरू छपाइ गर्दै आएकोमा हाल चलनचल्तीमा रहेका सात प्रकारका नोटहरू मात्र छपाइ हुने बताएको छ।
तर रु १, २, २५ र २५० दरका नोटहरूको माग नभएको र छपाइ मूल्य महँगो परेकोले ती नोटहरू छाप्न बन्द गरिएको नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताएका छन्।
रु २५ र २५० दरको नोट स्मारिका नोटका रूपमा पहिलो पटक विसं २०५३ मा छापिएको थियो भने छपाइ बन्द गरिएका नोटहरू सङ्कलनका लागि देशैभरका शाखाहरूलाई पत्राचार गरिएको राष्ट्र ब्याङ्कले जनाएको छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि।