यमन: 'नर्कको द्वार'को रहस्य के छ?
Published
पहिलोपटक यमनको 'गेट अफ हेल' अर्थात् 'नर्कको द्वार'को रहस्य के छ भन्ने पत्ता लगाउन एउटा अध्ययन टोली गुफाभित्र पसेको छ।
प्राकृतिक आश्चर्यका रूपमा लिइँदै आएको यो गुफा करिब ३० मिटर चौडा र ११२ मिटर गहिरो छ।
स्थानीय मानिस लामो समयदेखि यो गुफाबाट टाढा रहँदै आएका थिए।
सदियौँदेखि यसले 'जीनी' भनिने कुनै पनि इच्छा पूरा गरिदिनसक्ने शक्ति भएको लोककथाको काल्पनिक पात्रलाई आश्रय दिँदै आएको किंवदन्ती रहेको छ।
यमनको गुफा अध्ययन टोलीले गुफामा स्ट्यालग्माइटस र गुफा मुनि मोती फेला पार्यो जुन तप तप झर्ने पानीबाट बन्छ।
उनीहरूले सर्प र विभिन्न मरेका जनावर पनि फेला फेला पारे।