गेइशा: जापानको सांस्कृतिक महत्त्वको पेसा कठिन अवस्थामा
जापानमा गेइशासँग साँझ बिताउनुलाई विशेष मानिन्छ तर यो पेसा सङ्कटमा परेको छ।
पहिलो गैरजापानी गेइशाको विचारमा यो पेसामा लाग्नेहरू कम भए पनि पेसै गायब भने हुँदैन।
आफ्नो कलाकारिताबाट ग्राहकलाई मनोरञ्जन दिने गेइशाहरू शरीर भने बेच्दैनन्।
कुनै बेला जापानमा ९०,००० सम्म गेइशा थिए जुन अहिले १,५०० को हाराहारीमा झरेको छ।
किन? यो कस्तो पेसा हो? किन यो महत्त्वपूर्ण छ? हेर्नुहोस् एउटा भिडिओ।