अफगानिस्तान युद्धः तालिबान फर्किएपछि नेटोका लागि काम गरेका अफगान दोभासेहरू चिन्तित
अफगानिस्तानमा तालिबान लडाकुहरूले देशका विभिन्न क्षेत्रमा नियन्त्रण कायम गरेका छन् भने राजधानी काबुलमा पनि प्रवेश गरेका छन्।
उनीहरूले आफूले नयाँ सरकार बनाउन लागेको घोषणा गरेका छन्।
तालिबानको डरका कारण देशका विभिन्न स्थानबाट हजारौँ मानिसहरू भागेका छन्।
ब्रिटिश र नेटोका सेनाका लागि २० वर्षदेखि काम गरेका दोभासेहरूका लागि तालिबानको सत्तारोहण चिन्ताको विषय हुन पुगेको छ। किनभने तालिबानले उनीहरूलाई देशद्रोहीका रूपमा हेर्छ।
दोभासेहरूले आफूलाई यूके स्थानान्तरण गर्ने विषयमा स्पष्टता होस् भनेर माग राखेका छन्।
कम्तीमा १,८०० अफगान दोभासे र तिनका परिवारलाई ब्रिटेन लगिसकिएको छ।
अनि यो पनि