हेइटी भूकम्पः शक्तिशाली भुइँचालोमा धनजनको ठूलो क्षति, ३०० जनाभन्दा बढीको मृत्यु

हाइटीमा भूकम्पका कारण भत्केको भवनको भग्नावशेष

तस्बिर स्रोत, Getty Images

हेइटीमा आएको एउटा शक्तिशाली भूकम्पका कारण कम्तीमा ३०४ जनाको मृत्यु भएको छ भने १,८०० जनाभन्दा बढी घाइते भएका छन्।

स्थानीय समयानुसार शनिवार बिहान त्यहाँ ७.२ म्याग्निट्यूडको भूकम्प आउँदा गिर्जाघर, होटल तथा भवनहरू भत्किएका थिए।

देशका प्रधानमन्त्रीले भूकम्पका कारण "ठूलो क्षति" भएको बताएका छन्। उनले देशमा एक महिला लामो सङ्कटकाल घोषणा गरेका छन्।

सन् २०१० को विनाशकारी भूकम्पको प्रकोपबाट हेइटी अझै तङ्ग्रिन बाँकी नै थियो।

शनिवारको भूकम्पको केन्द्रबिन्दु सेन्ट-लुइस डु सुड सहरबाट १२ किलोमिटरपर रहेको अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले बताएको छ।

उक्त भूकम्पको धक्का १२५ किलोमिटर टाढा रहेको राजधानी पोर्ट-ओ-प्रिन्स तथा छिमेकी देशहरूमा पनि महसुस गरिएको थियो।

"धेरै घरहरू भत्किएका छन्, मानिसहरू मरेका छन् अनि केही मानिस अस्पतालमा छन्," भूकम्पको केन्द्रबिन्दुनजिकै बस्ने क्रिस्टेला साँ हिलेरलाई समाचारसंस्था एफएफपीले उद्धृत गरेको छ।

Map
1px transparent line

प्रधानमन्त्री आरिएल अन्रीले राहतकार्यका लागि टोलीहरू परिचालित गरिएको बताएका छन्।

"सबैभन्दा महत्त्वपूर्ण कुरा यथाशक्य धेरै मानिसलाई भग्नावशेषबाट जीवित निकाल्नु हो," उनले भने। "हामीले स्थानीय अस्पतालहरूमा विशेषतः ले के (सहर)का अस्पतालहरूमा घाइते र अङ्गभङ्ग भएका व्यक्तिहरूको घुइँचो भएको थाहा पाएका छौँ।"

प्रधानमन्त्री अन्रीले पछि आफूले विमानबाट उक्त सहरको अवलोकन गरेको खुलाएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

White space

अमेरिकी राष्ट्रपति जो बाइडनले विनाशकारी भूकम्पबाट आफू दुःखी भएको जनाउँदै हेइटीलाई तत्काल सहयोग गराउन अनुमति दिएका छन्।

उनले यूएसएडले क्षतिको आकलन गर्न तथा घाइते एवं पुनर्निर्माण गर्न आवश्यक पर्नेलाई सघाउने बताएका छन्।

यूएसजीएसले पहिला हजारौँ मानिस हताहत भएको सक्ने चेतावनी दिएको थियो।

उसका अनुसार ठूलो भूकम्पपछि ५.१ म्याग्निट्यूडको एउटासहित कम्तीमा छवटा परकम्प गएका छन्।

ले के सहरको क्षति

तस्बिर स्रोत, EPA

Presentational white space

हेटइीबाट प्रकाशित हुने एउटा पत्रिकाका प्रधान सम्पादक फ्राँन्च डुभालले ले के सहरमा दुइटा होटलहरू पनि भत्किएको ट्विटरमा लेखेका छन्। उनका अनुसार उक्त सहरका अस्पतालहरूमा मानिसहरूको भिड छ।

"बिस्तारै बलियोगरी अनि लामो समयसम्म हाइटीमा अगस्ट १४, २०२१ मा बिहान ८:३० बजेतिर भूमि हल्लियो," उनले लेखे।

उक्त पत्रिकाका संवाददाताहरूका अनुसार सो सहरको दक्षिणी तटमा भएका अधिकांश गिर्जाघर र होटलहरू भत्किएका वा क्षतिग्रस्त भएका छन्।

एउटा गिर्जाघरका प्रमुखले न्यूयोर्क टाइम्सलाई भनेका छन्ः "सडकमा आर्तनाद छ। मानिसहरू प्रियजन वा साधनस्रोत, चिकित्सकीय सहयोग र पानी खोजिरहेका छन्।"

ले के सहर जलमग्न भएको छ

तस्बिर स्रोत, EPA

सामाजिक सञ्जालमा प्रेषित तस्बिरमा क्षतिग्रस्त भवनहरू र भग्नावशेष देखिन्छ।

हाइटीमा सेभ द चिल्ड्रेनकी निर्देशक लेला बोहलाले न्यूयोर्क टाइम्सलाई बताएअनुसार क्षतिको आकलन गर्न धेरै दिन लाग्ने भए पनि "यो विशाल मानवीय आपत् भएको स्पष्ट" छ।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

1px transparent line
People walk in a market as they go about their lives in Port-au-Prince, Haiti, May 24, 2021
Reuters
हेइटीः महत्त्वपूर्ण जानकारी

  • १ करोड १० लाखजनसङ्ख्या

  • ५९%गरिबीको रेखामुनि भएका मानिस

  • २००४ देखि २०१७ सम्मसंयुक्त राष्ट्रसङ्घीय शान्ति सेना परिचालित

  • २ लाख जनाको सन् २०१० को भूकम्पमा मृत्यु

स्रोत: BBC Monitoring
1px transparent line