भ्वाइस अफ नेपाल विजेता किरण गजमेर भन्छन्: ‘भुटानी शरणार्थी हुँ भन्दा गर्व लाग्छ’

भिडिओ क्याप्शन सुरु हुँदैछ, भ्वाइस अफ नेपाल विजेता किरण गजमेर भन्छन्: ‘भुटानी शरणार्थी हुँ भन्दा गर्व लाग्छ’

भुटानी शरणार्थीको रूपमा हुर्किएका किरण गजमेरले भ्वाइस अफ नेपाल सिजन-३ को विजेता भएपछि शरणार्थी भन्दा गर्व लाग्ने गरेको बताएका छन्।

उनले भने, "आफूसँग देश छैन र नागरिकता छैन भन्ने कुराले पिरोल्थ्यो र एकदम नै चित्त दुख्थ्यो तर अहिले शरणार्थी हुँ भन्दा गर्व लाग्छ।"

हाल अमेरिकामा अध्ययनरत २५ वर्षीय गजमेर झापाको खुदुनाबारी शिविरमा जन्मेका हुन्। उनी परिवारसँग सन् २०१० मा पुनर्वास प्रक्रियामा अमेरिका गएका थिए।

हेर्नुहोस् सृजना श्रेष्ठले उनीसँग कुराकानी गरेर बनाएको यो भिडिओ।

अनि यो पनि: