कोभिडः ब्रजिलमा किन धेरै गर्भवतीको मृत्यु भइरहेको छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिडः ब्रजिलमा किन धेरै गर्भवतीहरू मरिरहेका छन्?

ब्रजिलमा कोभिडबाट ज्यान गुमाएका १६ हजार गर्भवतीमध्ये एलिन एक हुन्।

जुम्ल्याहा छोरीहरू गर्भमा २७ हप्ताको छँदा उनलाई कोरोनाभाइरस सङ्क्रमण भयो।

उनका श्रीमान्‌ एक्सपेडिटो अहिले आईसीयूमा रहेका छोरीहरूलाई भेट्न गइरहन्छन्।

आफूसँग ती छोरीहरूबाहेक संसारमा केही बाँकी नरहेको उनी बताउँछन्।

गर्भवती महिलाका लागि देशको एक मात्र आईसीयू युनिटबाट बीबीसीले केही भिडिओ फूटेज प्राप्त गरेको छ।

हेर्नुहोस् भिडिओ।