भाइरल ७८ वर्षीया कृष्णकुमारी तिवारी भन्छिन्: 'मेरो प्राण नाचेरै जाओस्'
गोर्खाको घलाङकी कृष्णकुमारी तिवारी ७८ वर्षकी भइन्।
तर सामाजिक सञ्जालमा चर्चित उनका नृत्यमा देखिने जोश र उत्साह हेर्दा युवा अवस्थाको जस्तो छ।
बाल्यकालमा 'सामाजिक बन्धन र परिवारको डरले' नाच्न नपाएको बताउने तिवारी रहर पूरा गर्न पाउँदा दङ्ग छिन्।
छिमेकी १९ वर्षीया सुनिता बानियाँले टिकटकमा हालिदिएपछि चर्चामा आएकी उनी भन्छिन्, "मेरो प्राण नाचेरै जाओस्।"
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।