विश्व वातावरण दिवस: महामारी र चक्रवातबीच छ हिमालबाट फोहर सङ्कलन

भिडिओ क्याप्शन सुरु हुँदैछ, विश्व वातावरण दिवस: महामारी र चक्रवातबीच छ हिमालबाट फोहर सङ्कलन

नेपाली सेनाको अगुवाइमा ८,००० मिटरभन्दा अग्ला विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ वटा हिमालबाट २७.६७ टन फोहर सङ्कलन गरिएको छ।

हिमाल सफाइ गर्न झन्डै एक महिना अघि थालिएको अभियानमा नेपाली सेना र शेर्पा सहित ११२ जना सक्रिय रहेका थिए।

झन्डै ३५ टन फोहोर सङ्कलन गर्ने लक्ष्य लिएको भए पनि चक्रवातको प्रभाव र कोरोनाभाइरस महामारीका कारण अभियानमा चुनौती थपिएको नेपाली सेनाका सहायक रथी तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक हिमांशु खड्काले बताए।

सङ्कलित प्लास्टिकजन्य फोहरलाई पुनः प्रयोग गरिने र धातुजन्य फोहोरबाट उपहारका सामग्री बनाउने योजना रहेको बताइएको छ।

हेर्नुहोस् विश्व वातावरण दिवसको अवसरमा कमल परियारले बनाएको भिडिओ।