अमेरिकी डलरः सारा संसारलाई झुक्याउने जाली 'सुपरडलर' र उत्तर कोरियाको कस्तो सम्बन्ध?
Published
सन् १९९० र २००२ को दशकमा जाली हो भनेर चिन्न नसकिने १०० डलरका नोटहरू विश्वभरि फैलिएका थिए। तिनको मूल्य करोडौँ डलर भएको बताइन्छ।
प्रायः उत्तर कोरियाली कूटनीतिज्ञहरूले जाली डलर प्रयोग गरेको पाइएको अमेरिकाको दाबी छ। तर उत्तर कोरियाले आफूले त्यस्तो नोट छापेको आरोप अस्वीकार गर्दै आएको छ।
सुपरडलर भनिने उक्त जाली नोटको प्रकोप बढेपछि अमेरिकी गुप्तचरहरूले आठ वर्ष गोप्य रूपमा काम गरेर तस्करहरूलाई समाते।
जाली नोटलाई रोक्न सन् २०१३ मा १०० डलरको नयाँ नोट डिजाइन गरिएको छ। तथापि अहिले केही सङ्ख्यामा सुपरडलर चलनचल्तीमा रहेको अनुमान गरिएको छ।
अनि यो पनि