कोभिड नेपाल: कोरोना भाइरस सङ्क्रमित हुँदाहुँदै बिरामीको सेवामा खटिएकी नर्स

भिडिओ क्याप्शन सुरु हुँदैछ, दोस्रोपटक कोरोना सङ्क्रमण भइरहँदा पनि बिरामीको उपचारमा खटिएकी नर्स

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड आइसोलेशन वार्डमा काम गर्ने २४ वर्षीया नर्स कमला नेपालीलाई दोस्रो पटक कोभिड-१९ भयो।

तर पनि उनले कोभिडका बिरामीहरूको रेखदेख गर्न छाडेकी छैनन्।

"मैले आफ्नो पीडा आफैँसँग लुकाएर बिरामीहरूलाई निको होस् … यहाँबाट बचाएर घर पुर्‍याउन पाऊँ भनेर काम निरन्तर गरिरहेँ," उनले भनिन्।

उनलाई अस्पतालले छुट्टै बस्न क्याबिन दिए पनि बिरामीलाई आवश्यक देखेर स्वेच्छाले सेवा गरेको बीबीसी न्यूज नेपालीलाई बताइन्।

सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन एक सङ्क्रमितले अर्को सङ्क्रमितलाई हेरचाह गर्दा जोखिम नहुने बताउँछन्।

हेर्नुहोस् उनीसँग सृजना श्रेष्ठले कुराकानी गरेर बनाएको यो भिडियो।