विश्व पृथ्वी दिवस: नेपालका हिमालमा पुरानो फोहर धेरै, सेना र शेर्पाले ३५ टन सफा गर्दै

भिडिओ क्याप्शन सुरु हुँदैछ, विश्व पृथ्वी दिवस: आरोही भन्छन्- हिमालमा नयाँ भन्दा पुरानो फोहर धेरै

नेपालका हिमाली क्षेत्रमा प्रदूषण बढ्ने क्रममा रहेकोमा आरोही तथा हिमाल सफाइ अभियानकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्।

कोभिड महामारीका कारण धेरै भिड नभएको बेला नेपाली सेनाको अगुवाइमा छ वटा हिमाल सफाइ अभियान थालनी गरिएको बताइएको छ।

सन् २०२१ मा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छवटा हिमालबाट एकैसाथ झन्डै ३५ टन फोहोर सङ्कलन गर्ने लक्ष्य लिएको नेपाली सेनाका सहायक रथी हिमांशु खड्काले बताए।

झन्डै रु साढे १२ करोड खर्च हुने अनुमान गरिएको उक्त अभियानमा सगरमाथाका विभिन्न स्थानबाट आधार शिविरमा फोहर ल्याउनेलाई प्रतिकिलो रु १,६०० सम्म दिइने बताइएको छ।

हेर्नुहोस् विश्व पृथ्वी दिवसको अवसरमाकमल परियारले बनाएको भिडिओ।