कोरोना भाइरस नेपाल: काठमाण्डूका नाकामा एन्टिजन परीक्षण गर्ने निर्णय कार्यान्वयन अझै भएन
काठमाण्डू भित्रिने नाकामा अनिवार्य एन्टिजन परीक्षण गर्ने निर्णय भएको झन्डै एक साता हुन लाग्दा पनि उक्त निर्णय कार्यान्वयन हुन नसकेको अधिकारीहरूले बताएका छन्।
काठमान्डू उपत्यकामा कोभिड सङ्क्रमणदर बढ्नेक्रममा रहेकोले नाका रहेका स्थानीय निकायलाई कडाइका साथ एन्टिजन परीक्षण र निगरानी बढाउन जिम्मा दिइएको थियो।
तर स्थानीय निकायले भने नागढुङ्गा, दक्षिणकाली साँगा लगायतका मुख्य नाकामा एन्टिजन परीक्षणका लागि आवश्यक जनशक्तिको प्रबन्ध हुन नसकेकोले उक्त परीक्षणले गति नलिएको बताइएको छ।
लक्षण नभएका यात्रुको एन्टिजन परीक्षण आवश्यक नरहेको र भारत तथा सीमाक्षेत्रबाट भित्रिएका सवारी साधनका यात्रुलाई विशेष प्राथमिकताका साथ परीक्षण गरिने तयारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओमा।