कोरोना भाइरस नेपाल: जुम्लामा चार घण्टा बोकेर लगियो कोभिड खोप
तराई र उच्च पहाडी तथा हिमाली भेगमा कोभिड खोप वितरण कठिन बनेको अधिकारीहरूले बताएका छन्।
प्रतिकूल मौसमका बाबजुद कर्णाली प्रदेशका जुम्ला लगायतका कतिपय ठाउँहरूमा मानिसहरूलाई बोकाएरै स्वास्थ्य चौकीहरूमा पुर्याइएको छ।
जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित मालिकाबोता स्वास्थ्य चौकीसम्म झन्डै चार घण्टा हिँडेर खोप बोक्दा निकै डराएको स्थानीय गौरा विकले बताएकी छन्।
वैशाख ७ गतेबाट कोभिड-१९ विरुद्ध दोस्रो मात्रा खोप लगाउने तयारी छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।