११ महिने शिशुमा आफ्नै बुबाको कलेजोको टुक्रा प्रत्यारोपण, आमा हर्षित
यसै साता त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ११ महिने शिशुमा कलेजो प्रत्यारोपण गरिएको छ। उनलाई आफ्नै बुबा सन्तोष पहरीले आफ्नो कलेजोको भाग दान दिएका हुन्।
शल्यक्रियामा संलग्न प्राध्यापक डा. रमेशसिंह भण्डारीका अनुसार ती बालकलाई 'बिलिअरी अट्रिजिया' भन्ने समस्या थियो। उनलाई जन्डिस देखिएको थियो र उनको कलेजो कामै नलाग्ने अवस्थामा पुगेको थियो।
यो कसरी गरियो र यसलाई किन विशेष मानिएको छ ?
ती शिशुकी आमा र शल्यक्रियाको नेतृत्व गरेका चिकित्सकसँग भेटेर सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ हेर्नुहोस्।