नेपाली महिला सडकमा ओर्लिएपछि भएका परिवर्तनहरू

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाली महिला सडकमा ओर्लिएपछि भएका परिवर्तनहरू

विसं २०४६ मा प्रजातन्त्रको पुनर्स्थापनाका लागि भएको जनआन्दोलनयता नेपाली महिलाहरू पटकपटक राजनीतिक र सामाजिक मुद्दामा सडकमा ओर्लिएका छन्। तर के त्यसले परिवर्तन ल्याएको छ त?

महिला अधिकार सुनिश्चितता र यौनिक एवम् अन्य हिंसामा परेकालाई न्याय हुनुपर्ने माग राखेर नेपालमा अहिले पनि महिलाहरू सडकमा आन्दोलन गरिरहेका छन्।

महिलाहरू सडकमा आएको यो पहिलो पटक होइन तर के महिलाहरू सडकमा आउँदा परिवर्तन हुन्छ त?

विसं २०४६ सालको जनआन्दोलन पछिका केही प्रतिनिधिमूलक घटनाहरूलाई हेर्ने हो भने महिलाहरू सडकमा आउँदा महिलाका पक्षमा परिवर्तन भएको देखिन्छ।

जनआन्दोलन, बादी आन्दोलन, पैतृक सम्पत्तिमा समान अधिकार र महिला हिंसामा न्यायलगायतका विषयका महिला आन्दोलनका पात्रहरू के भन्छन्?

सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधान, सुदूरपश्चिम प्रदेशसभा सदस्य उमा बादी, पत्रकार बबिता बस्नेत, महिला अधिकारकर्मी दुर्गादेवी घिमिरे र राष्ट्रपतिकी महिला मामिला सल्लाहकार लक्ष्मी कार्कीसँग भेटेर बीबीसी न्यूज नेपालीकी सृजना श्रेष्ठले बनाएको भिडिओ हेर्नुहोस्।