मङ्गल ग्रहमा पर्सिभिअरन्स् पहिलो पटक गुड्यो

मङ्गलमा पाइला

तस्बिर स्रोत, NASA/JPL-CALTECH

तस्बिरको क्याप्शन, धुलोमा पाइला: दुई वर्षमा पर्सिभिअरन्स्‌ले लगभग १५ किलोमिटर यात्रा गर्ने अपेक्षा गरिएको छ
Published

अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स्‌को यानले आफ्नो पाङ्ग्रा निकालेर मङ्गल ग्रहको सतहमा पहिलो परीक्षण यात्रा गरेको छ।

शुक्रवार पृथ्वीमा डाउनलोड गरिएका तस्बिरले सो रोबोटले छोटो यात्रा गरेको सङ्केत दिएको छ।

एक टन वजन भएको रोबोट मङ्गल ग्रहको सतहमा ओर्लिएको दुई साता पूरा भइसकेको छ।

यो दुई सातामा वैज्ञानिकहरूले सो यानका थुप्रै प्रणालीलाई सक्रिय बनाएका छन्।

पर्सिभिअरन्स्‌ले मङ्गल ग्रहमा कुनै बेला भएको हुन सक्ने जीवनको प्रमाण खोज्नेछ।

त्यो खोजका लागि यसले मङ्गल ग्रहको एक वर्ष (पृथ्वीको लगभग दुई वर्ष) मा १५ किलोमिटर यात्रा गर्ने अपेक्षा गरिएको छ।

पाङ्ग्रा

तस्बिर स्रोत, NASA/JPL-CALTECH

वैज्ञानिकहरूले कुनै बेला ठूलो ताल रहेको ठानिएको क्षेत्रमा प्रागऐतिहासिक जीवनको अवशेषको खोजीमा विभिन्न चट्टानको अध्ययन गर्ने प्रयास गर्नेछन्।

तर चट्टानहरू खोतलेर हेर्नु अगाडि पर्सिभिअरन्स्‌ले विभिन्न परीक्षणहरू गर्नेछ।

यस क्रममा त्यसले एउटा सानो हेलिकप्टरको उडान पनि गराउनेछ।

मङ्गलमा पाइला

तस्बिर स्रोत, NASA/JPL-CALTECH

आगामी केही साता उक्त यानले हेलिकप्टर निकालेर राख्न उपयुक्त स्थानको खोजी गर्नेछ।

अहिले सो हेलिकप्टर यानभित्र तलपट्टिको भागमा रहेको छ।

मङ्गलमा पाइला

तस्बिर स्रोत, NASA/JPL-CALTECH

भिडिओ क्याप्शन सुरु हुँदैछ, नासाको पर्सिभिअरन्स रोभरले यसरी मङ्गलमा अवतरण गर्‍यो