मङ्गल ग्रहः कुनै अवतरण सफल, कुनै असफल
सन् २०२१ मा मङ्गल ग्रहमा अवतरण गर्ने दुईवटा प्रयास हुनेछन्।
अमेरिकी पर्सिभिअरन्स फेब्रुअरी १८ वरपर र चिनियाँ तियान्वेन-१ मे वा जुनमा अवतरण गर्ने अपेक्षा गरिएको छ।
पर्सिभिअरन्स सफल भए त्यो अर्को ग्रहमा पुग्ने सबैभन्दा ठूलो र परिष्कृत वाहन हुनेछ।
तर मङ्गलमा अवतरण गर्न गरिएका सबै प्रयास सफल भएका छैनन्।
कस्तो छ त मङ्गल ग्रहमा अवतरणको इतिहास?