नेपालमा चराः जलपन्छी घट्दै गएकोमा चिन्ता

तालतलैया तथा सिमसार क्षेत्रवरपर विकासनिर्माण हुने तथा मनोरञ्जनस्थल बन्ने क्रमले चराहरूलाई असर परिरहेको विज्ञहरूले बताएका छन्।

जलपक्षी
तस्बिरको क्याप्शन, नेपालमा पछिल्लो गणनाअनुसार सिमसार तथा तालतलैयामा आश्रित जलपन्छी र अन्य चराको सङ्ख्या घट्दै गएको बताइएको छ।
जलपक्षी
तस्बिरको क्याप्शन, नेपालमा करिब ८८७ प्रजातिका चराहरू पाइन्छन्। तीमध्ये नौ प्रजातिका चरा लोप भएको अनि १६८ प्रजातिका चरा सङ्कटापन्न रहेको चराविज्ञ हेमसागर बरालले जानकारी दिएका छन्।
जलपक्षी
तस्बिरको क्याप्शन, नेपालमा पाइएका कुल चरामध्ये २०० प्रजातिका पानीमा आश्रित छन् भने करिब १२० जति जलपन्छी भनिने वेडर प्रजातिका चरा रहेको बराल बताउँछन्।
जलपक्षी
तस्बिरको क्याप्शन, हालसालै नेपालका १४ वटा ठाउँमा जलपन्छीहरूको गणना गरिएको थियो। त्यसको पूरै परिणाम प्राप्त भइनसकेको तर हालसम्म उपलब्ध जानकारी अनुसार पानीमा आश्रित चरा तथा जलपन्छीहरूको सङ्ख्या भने घटेको पाइएको बरालले बताए। खासगरी तालतलैया तथा सिमसार क्षेत्र वरपर विकासनिर्माण तथा मनोरञ्जनस्थल बन्ने क्रमले चराहरूलाई असर परिरहेको विज्ञहरूले बताएका छन्।
जलपक्षी
तस्बिरको क्याप्शन, काठमाण्डूको टौदह, वाग्मती र मनोहरा नदी अनि चितवन र पोखराका विभिन्न तालसहितका ठाउँहरूमा स्वयंसेवकहरूलाई परिचालन गरेर गणना गरिएको थियो। नेपालमा पाइनेमध्ये झन्डै एकतिहाइ जलपन्छी कपिलवस्तुको जगदीशपुर तालमा भेटिन्छ। तर त्यहाँ सन् २०२० मा कुल १८ हजार जलपन्छी भेटिएकोमा सन् २०२१ मा जम्मा १२ हजारमात्र भेटिएको बरालले जानकारी दिएका छन्।
जलपक्षी
तस्बिरको क्याप्शन, चितवनमा विगतमा ५७ प्रजातिका जलपन्छी भेटिएकोमा यसपालिको गणनामा ५५ भेटिएको तर एउटा डन्लिन भनिने पहिले नभेटिएको प्रजाति पनि फेला परेको त्यहाँको गणना संयोजन गरेका बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष रमेश चौधरीले बताएका छन्।
जलपक्षी
तस्बिरको क्याप्शन, नेपालमा धेरैजसो जाडो याममा चीन, मङ्गोलिया तथा रुसको साइबेरियासम्मबाट जलपन्छीहरू आइपुग्छन्। कर्‍याङ्‌कुरुङजस्ता कतिपय पक्षी भारतको गुजरातसम्म पनि पुग्ने गरेको बताइन्छ।
जलपक्षी
तस्बिरको क्याप्शन, जलक्षेत्र, सिमसार तथा तालतलैयावरपर विकास तथा पर्यटनका नामबाट गरिने डुङ्गा विहार, भोजभतेर, वनभोज, लाउडस्पीकरको प्रयोगजस्ता गतिविधिले चराहरूलाई विघ्न पार्ने विज्ञहरूको भनाइ छ। नदीनाला, सिमसार क्षेत्रहरूमा वासस्थान विनाश हुनु, सिमसार क्षेत्रहरू घट्दै जानु र बालीहरूमा विषादीको प्रयोगले गर्दा चराको सङ्ख्या घट्दै गएको एकजना गणक राधा श्रेष्ठले बताए।
जलपक्षी
तस्बिरको क्याप्शन, सिमसारका साथै घाँसे मैदानको क्षेत्र समेत घट्दै जानुले घाँसे मैदान र पानीमा आश्रित चराहरू सङ्कटापन्न अवस्थामा रहेको अर्का गणक चूडामणि चौधरीले बताए। ( सबै तस्बिर राधा श्रेष्ठ र चूडामणि चौधरीको सौजन्यमा)