तुइन चढाएर एम्बुलेन्स डोल्पा लगियो

भिडिओ क्याप्शन सुरु हुँदैछ, डोल्पामा तुइन चढाएर एम्बुलेन्स लगियो

जिल्ला अस्पताल डोल्पामा कार्यरत उदय जीसीले एम्बुलेन्सलाई तुइनबाट नदी तार्दै गर्दा खिचेको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चामा छ।

सुर्खेतबाट झन्डै पाँच दिनमा तुइनका साथै डोजरको सहयोगमा उक्त एम्बुलेन्सलाई 'पहिलो पटक' डोल्पा पुर्‍याइएको हो।

झन्डै दुई दर्जन मानिसले चार घण्टा लगाएर एम्बुलेन्सलाई तुइनमा ठूली भेरी नदी तारेर सदरमुकाम दुनै पुर्याइएको जीसीले बताए।

जिल्ला अस्पतालमा कार्यरत चिकित्सक डा. प्रशन्न कार्कीले उक्त एम्बुलेन्स दुर्गम डोल्पाको स्वास्थ्य सेवा सुधारमा सहयोगी बन्ने आशा व्यक्त गरेका छन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।