'हामी पहिलो पटक यहाँ आइपुग्दा गाउँलेहरूले हामीलाई नरभक्षी ठानेका थिए'

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'हामी यहाँ आउँदा गाउँलेहरूले हामीलाई नरभक्षी ठानेका थिए'

भियतनाम युद्धपछि फ्रान्सले लाओसबाट ह्मोङ शरणार्थीहरूको एउटा सानो समूहलाई दक्षिण अमेरिकाको फ्रेन्च गीयाना क्षेत्रमा स्थानान्तरण गर्‍यो।

उनीहरू कम्युनिस्टहरूबाट जोगिन भाग्दै हिँड्दा विस्थापित भएका थिए।

चालीस वर्षपछि ह्मोङहरू आफूले शरण लिएको देशका अभिन्न अङ्ग भइसकेका छन्। उनीहरू खेती गर्छन् र उनीहरूको उत्पादनले नै देशको पेट भरिदिन्छ।

हेर्नुहोस् यो भिडिओ।