नेपाल संसद् विघटनः राजनीतिक अन्योल बढेको बेला सर्वसाधारण नागरिक यसो भन्छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, राजनीतिक अन्योल बढेको बेला नागरिकहरू के भन्छन्

संसद् विघटनसँगै विकसित घटनाक्रमले नेपालको राजनीति थप तरङ्गित भएको छ।

प्रतिनिधिसभा विघटन, नेकपा विभाजन, सर्वोच्च अदालतमा मुद्दा र प्रतिपक्षी दलको विरोध प्रदर्शन निर्णयले अब के हुन्छ भन्ने प्रश्न उब्जिएको छ।

बीबीसी न्यूज नेपालीकी सृजना श्रेष्ठले काठमाण्डूमा सर्वसाधारण नागरिकसँग अब के हुन्छ भनेर सोधेकी थिइन्। हेर्नुहोस् उनीहरूले के भने?