नेपाल संसद् विघटन: नयाँ चुनावबारे कांग्रेस, राप्रपा, जसपा र विवेकशील साझाका नेताहरूको धारणा
संसद् विघटन भएसँगै नयाँ चुनावका लागि वैशाख १७ र २७ गते मिति घोषणा भएको छ।
प्रतिपक्षी दलहरूले असंवैधानिक भनिरहेको विघटनबारे सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ।
तर चुनाव र मितिका सम्बन्धमा प्रतिपक्षी दल के भन्छन् त?
बीबीसी न्यूज नेपालकी सृजना श्रेष्ठले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका गगन थापा, राप्रपाका प्रकाशचन्द्र लोहनी, जनता समाजवादी पार्टीका केशव झा र विवेकशील साझा पार्टीका मिलन पाण्डेसँग प्रतिक्रिया मागेकी थिइन्।
हेर्नुहोस् प्रतिपक्षी दलका नेताहरूको प्रतिक्रियाको एक भिडियो।