'भूतप्रेतबाट मुक्त हुन' मेला भर्ने अनौठो चलन

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'भूतप्रेतबाट मुक्त हुन' मेला भर्ने अनौठो चलन

'भूतप्रेतबाट पीडित भएको भनिएका' मानिसहरू सिराहा र धनुषाको सीमामा रहेको कमला नदीमा लाग्ने भूतमेला भर्न बर्सेनि आउने गरको आयोजकले बताएका छन्।

नदीमा स्नान गरेर तन्त्रमन्त्र गर्दा शरीरमा देवीदेवताको बास हुने र भूतप्रेत भाग्ने भक्तजनको विश्वास रहेको आयोजकको दाबी छ।

साथै धामीझाँक्री तथा तान्त्रिक विद्या प्राप्त गर्नका लागि समेत मेला भर्नुपर्ने जनविश्वास रहेको भए पनि कतिपयले अशिक्षा र जनचेतनाको अभावका कारण यसले अन्धविश्वास बढ्ने चिन्ता व्यक्त गरेका छन्।

महामारीका बेलामा समेत आयोजना भएको मेला भर्न छिमेकी भारतबाट आएका बताइएको छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।