राजसंस्थाको पक्षमा भइरहेका प्रदर्शनबारे सामाजिक सञ्जालमा देखिएका मत

पोखरामा प्रदर्शन

तस्बिर स्रोत, RSS

केही दिनयता देशका विभिन्न शहरमा राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा प्रदर्शनहरू हुँदै आएका छन्।

त्यस्ता प्रदर्शनहरू भइरहँदा त्यसको पक्ष-विपक्षमा खासगरी सामाजिक सञ्जालमा नेतादेखि आममानिसले आ-आफ्ना धारणा राखिरहेका छन्।

तत्कालीन संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्यको घोषणा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको घोषणा गरेको एक दशकभन्दा बढी भइसकेको छ।

अहिले भइरहेका प्रदर्शनका पक्षधरहरूले ‘ढिलोचाँडो देशमा परिवर्तन भइछाड्ने’ दाबी गरिरहेका छन् भने विपक्षमा मत राख्नेहरूले राजसंस्था फर्कने कुरालाई ‘दिवास्वप्न’को सङ्ज्ञा दिइरहेका छन्।

सामाजिक सञ्जालमा मत-अभिमत

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पछिल्लो समय भइरहेका प्रदर्शनलाई ‘प्रयोजित हर्कत’ भएको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, “एउटै शैलीमा देशका प्रमुख शहर र काठमाण्डूमा गरिएका राजावादीहरूका प्रायोजित हर्कतले २०१७ सालका योगी नरहरिनाथहरूको भद्दा नक्कल गरेको प्रस्टै छ।

“तर यो २१औँ शताब्दी हो। सार्वभौम बनेका जनता फेरि दासतामा फर्कने छैनन्। हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नातिपुस्ता जन्मिसकेको छ है।”

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

समाजशास्त्री निर्मला ढकाल पनि नेपालमा अब राजतन्त्र फर्कने सम्भावना देख्दिनन्।

उनले ट्वीट गरेकी छन्, “जनतालाई आफू अनुसारकै शासक चाहिने होला। त्यसैले त चिच्याइचिच्याइ राजा पुकारेका छन्।"

"जति चिच्याए पनि घाटबाट मुर्दा उठेर आउन सम्भव नभएझैँ यी फेरि शासकको रूपमा आउँदैनन्। राजतन्त्र मरिसक्यो, होसमा आए हुन्छ।”

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

अर्का ट्विटर प्रयोगकर्ता जनकराज भट्टले पटक-पटक व्यवस्थामा परिवर्तन खोज्नु उचित नभएको आशय राखेका छन्।

“फेरि राजतन्त्र चाहिएको छ अब। न व्यवस्था सुधार्ने जाँगर छ न क्रमिक रूपमा लोतन्त्रका कमजोरी सच्याउँदै जाने आँट," भट्टले लेखेका छन्।

"सकेसम्म कानुन मान्न र योगदान गर्न नपरे हुन्थ्यो भन्ने छ। पञ्चायतदेखि उहीँ मान्छेहरूलाई भोट हाल्दै आएकाहरूलाई हरेक पाँच वर्षमा नयाँ व्यवस्था र १० वर्षमा नयाँ संविधान चाहिएको छ।”

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

Presentational white space

एकथरीले राजसंस्थाको पक्षमा अहिले भइरहेका प्रदर्शनहरू अहिलेका राजनीतिक दलहरूको ‘कार्यशैली तथा बेथितिप्रतिको वितृष्णाको उपज’ भनिरहेका छन्।

तर यो तर्कलाई राजनीतिक दलका नेताहरू खारेज गरिरहेका छन्।

पोखरामा प्रदर्शन

तस्बिर स्रोत, RSS

प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका केन्द्रीय नेता गुरुराज घिमिरेले देशमा अहिले देखिएका कतिपय बेथितिका लागि व्यवस्थालाई नै दोष दिन नहुने बताएका छन्।

“एउटा भनाइ छः मोटरगाडी बिग्रियो भन्दैमा बयलगाडा चढ्न सकिँदैन, बिग्रेको मोटर बनाएर चढ्नुपर्छ। निरङ्कुश राजतन्त्र भोगेर हुर्केका हौँ, ओली शासन गणतन्त्रको पर्याय होइन।"

"अहिले पार्टी र राज्य शासक बनेका राजतन्त्रका नवसंस्करणहरू वर्तमान अव्यवस्थाका लागि दोषी छन्, प्रणालीको कुनै दोष छैन,” उनले ट्विटरमा लेखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

Presentational white space

तर डिल्ली जैसीले राजतन्त्र फालिएको प्रक्रियाप्रति नै विमति राखेका छन्।

उनले लेखेका छन्, "राजालाई हटाउँदा जनतालाई सोधिएन। गणतन्त्रको प्रस्ताव र पारित गर्ने [काम] निर्वाचित संसद्‌ले गरेको थिएन। शताब्दीऔँ पुरानो राजतन्त्रको बारेमा फैसला गर्नुअघि जनतालाई सोध्न जनमत सङ्ग्रह गर्न जरुरी थियो, तर जनतालाई बेवास्ता गरेर, जनतालाई हेपेर मुठ्ठीभर नेताका सनकका आधारमा गरियो।"

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

कतिपयले भने अहिलेको व्यवस्थाको विकल्प फेरि राजतन्त्र हुन नसक्ने तर्क गरिरहेका छन्।

लेखिका सरिता तिवारी लेख्छिन्, “यो व्यवस्थाका हजारौँ कुरूपता झेल्न सकिन्छ तर कुनै पनि हालतमा, कुनै पनि मूल्यमा राजतन्त्र फर्काउने पक्षमा वा बरू राजा नै सही भन्ने तर्कमा सही थाप्न सकिन्न, स्पष्ट छ। यो मुलुक केवल र केवल जनताको हो।”

यो X पोस्ट छोड्नुहोस्, 6
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 6

Presentational white space

तर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापित भएमा राम्रा कामका लागि योग्य/इमानदार व्यक्तिले अवसर पाउने वातावरण सिर्जना गर्ने दाबी गरेका छन्।

उनको दलले हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको पक्षमा वकालत गर्दै आएको छ।

थापाले ट्विटरमा लेखेका छन्, “कतिपयले सोध्छन्: हिन्दूराष्ट्र र राजसंस्था पुनः स्थापना भएपछि सङ्कटबाट देशले मुक्ति पाउँछ?"

"हिन्दूराष्ट्र र राजसंस्थाले जादुगरी शैलीमा सङ्कट समाधान गर्ने होइन, त्यसले सङ्कटबाट मुक्तिको नैतिक आधार र सन्तुलन निर्माण गर्छ। राम्रो कामको निम्ति योग्य/इमानदार व्यक्तिले अवसर पाउने वातावरण बनाउँछ।”