कार्तिक नाच: दुई दिनमा खुम्चियो प्राचीन परम्परा, कार्तिक नाच यसपालि बिना दर्शक

भिडिओ क्याप्शन सुरु हुँदैछ, कार्तिक नाच: दुई दिनमा खुम्चियो प्राचीन परम्परा, कार्तिक नाच यसपालि बिनादर्शक

राजा सिद्धिनरसिंह मल्लले झन्डै ३७९ वर्षअघि सुरु गरेको भनिएको कार्तिक नाच कोरोनाभाइरस महामारीबीच पनि रोकिएन।

तर ललितपुरको पाटन दरबारस्थित डबलीमा प्रत्येक वर्षको कार्तिक महिनामा आयोजना हुने यस सांस्कृतिक उत्सव यसपालि शुक्रवार र शनिवार गरेर दुई दिनमात्र चल्ने कार्तिक नाच संरक्षण समितिले जनाएको छ।

समितिका अध्यक्ष किरण चित्रकारका अनुसार मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेका बेला 'अनिष्टबाट जोगाउन' कार्तिक नाच दुई दिनमा सीमित गरेर भए पनि आयोजना गरिएको बताए।

यसपालि प्रसिद्ध नृसिंह अवतार र वराह अवतार नृत्य मात्र देखाइने छ।

विगतदेखि नै बाक्लो दर्शकमाझ प्रदर्शन हुने यो नाच यसपालि बिना दर्शक र कडा सुरक्षा घेराबीच १८ देखि ६० वर्ष उमेरसम्मका कलाकारहरूले प्रस्तुत गर्ने बताइएको छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।