बीबीसी बहस: सङ्कटका बेला साहित्य सिर्जनाबारे अभि सुवेदी र गीता त्रिपाठी
कोरोनाभाइरसको विश्वव्यापी महामारीबाट साहित्य जगत पनि अछुतो रहन नसकेको देखिन्छ।
थुप्रै साहित्यिक सम्मेलन वा छलफल ने कार्यक्रमहरू इन्टरनेटमार्फत् भर्चुअल रूपमा हुन थालेका छन्।
कतिपय सर्जकहरू अनपेक्षित रुपमा देखापरेको महामारी र यसले निम्त्याएका अप्ठ्यारामाझ सिर्जना गर्न कठिन हुने गरेको बताउँछन् भने कतिपयको अनुभवमा अप्ठ्यारामाझ नै सुन्दर कृतिहरू रचिएको इतिहास सुनाउँछन्।
नेपालमा पनि राजनीतिक आन्दोलन वा विपद्का बेला वा कारागारमा चर्चित साहित्य सिर्जना गरिएका छन्।
त्यस्ता रचनाले तत्कालीन अवस्थाको चित्रणमात्रै गरेको छ वा भविष्यबारे आशा जगाउने सन्देश पनि दिएका छन्?
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा साहित्यिक लेखन र समालोचनामा लामो समयदेखि सक्रिय रहँदै आएका प्राध्यापक अभि सुवेदी र प्राध्यापनमै सक्रिय कवि तथा समालोचक गीता त्रिपाठीसँग काठमाण्डूस्थित स्टुडियोबाट टेलिफोनमार्फत् छलफलमा जोडिएका छौँ।
बहस सुन्न माथिको तस्बिरमा रहेको प्ले बटन थिच्नुहोस्।