पोस्टर हैन परम्परागत चित्र टाँसेर लक्ष्मीपूजा

भिडिओ क्याप्शन सुरु हुँदैछ, पोस्टर हैन परम्परागत चित्र टाँसेर लक्ष्मीपूजा

काठमाण्डू उपत्यकामा लक्ष्मीपूजाको दिन धनधान्यकी देवी लक्ष्मीको आराधना गर्दा परम्परागत रूपमा बनाइएको चित्र प्रयोग गर्ने चलन छ।

चित्रकारहरूले यस्ता परम्परागत चित्रहरू हातले नै बनाउँछन्।

बजारमा पाइने पोस्टरले तिनलाई विस्थापित गरिरहेका भए पनि केही मानिसहरू परम्परा जोगाउनुपर्ने भन्दै यस्ता छापा चित्रको प्रयोगमा जोड दिन्छन्।

के छन् त्यस्तो चित्रको विशेषता? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।