'शान्ति' स्कूल: जहाँ विद्यार्थीहरू युद्धसँग मित्रता साट्छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, केन्या

केन्याको पश्चिम पोकोट काउन्टीका मानिसहरूले वर्षौं लामो हिंसाका साथसाथै खडेरी सहे।

यो क्षेत्रमा सरकारले कुनै पनि लगानी गरेन, त्यो पनि सहे। तर हालै त्यो क्षेत्र आशा जगाउने एउटा कारण बन्न पुगेको छ।

सन् २०१९ मा केन्या र युगान्डाले उनीहरूका सीमा क्षेत्रमा बसोबास गर्ने समुदायलाई सहयोग पुर्‍याउने गरी शान्ति सम्झौता गरेका छन्।

बढ्दो स्थिरताको एउटा उदाहरण बनेको छ यस्तै सीमा क्षेत्रमा खोलिएको 'पीस बोर्डर स्कूल'।

यो स्कूलले युवा पुस्तामा आशा जगाउने ठानिएको छ।

बीबीसी यो वर्षको शुरूतिर उक्त स्कूल पुगेको थियो। हेर्नुहोस् शान्ति स्कूलको भिडिओ।