कोरोना भाइरस नेपाल: महामारीमा जागिर गुमेपछि 'डट आर्ट' कलालाई व्यवसाय बनाएकी उद्यमी महिला

भिडिओ क्याप्शन सुरु हुँदैछ, महामारीका कारण विद्याको जागिर गुमेपछि ‘डट आर्ट’ सिकिन् र त्यसैबाट अनलाइन व्यवसाय थालिन्।

लकडाउन सुरु भएपछि घरमा बस्दाबस्दै विद्या पाण्डेय दिक्क भइसकेकी थिइन् जसबाट मन भुलाउन उनले ‘डट आर्ट’ सिकिन् र त्यसैलाई आफ्नो व्यवसाय बनाइन्।

‘डट आर्ट’ भनेको रङ्गको थोपा-थोपाबाट कलाकृति बनाउने कला हो।

पाण्डेयलाई अहिले यो कला ‘थेरापी’ मात्र हैन, आयस्रोतको माध्यम पनि बनेको छ।

कोभिड-१९ महामारी फैलिन थालेपछि उनले जागिर गुमाइन्।

आयस्रोतको बाटो बन्द भएपछि कोठामा त्यत्तिकै बस्नुको सट्टा यूट्यूबबाट ‘डट आर्ट’ गर्न सिकिन् र आफूले बनाएका सामग्री अनलाइनमा बेच्न राख्न थालिन्।

“मेरो आर्टहरू देखेर साथीहरूले मन पराए र अर्डर गर्न थाले। यसरी मैले मेरा आर्टहरू बेच्न थालेँ,” उनी भन्छिन्।

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।