नेपालमा बलात्कारीलाई कस्तो सजाय?

भिडिओ क्याप्शन सुरु हुँदैछ, बलात्कार गर्नेलाई कस्तो सजाय?

नेपालमा एसिड आक्रमण गर्नेलाई अधिकतम २० वर्ष जेलसजाय र १० लाख रुपैयाँ जरिवाना हुने र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने जस्ता प्रावधानसहितको नयाँ कानुन बनेपछि बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आवाज उठ्न थालेको छ।

केही महिला सांसदले बलात्कारीलाई फाँसीको व्यवस्था हुनुपर्ने माग उठाएका छन्। बलात्कारीलाई कठोर सजायको व्यवस्था गर्नका लागि अध्ययन तथा सुझाव दिन उनीहरूले एउटा समिति नै बनाएका छन्।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार विगत पाँच वर्षमा नेपालभरि ६,९११ वटा बलात्कारका उजुरी दर्ता भएका छन्।

बलात्कारका दोषीलाई सजाय दिन नेपालमा नयाँ कानुन आवश्यक परेको हो? त्यो कानुन कस्तो हुनुपर्छ ? हेर्नुस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।