घरेलु मदिरा बनाउँदा र बिक्रीवितरण गर्दा के-के कुरामा ध्यान दिनुपर्छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, घरेलु मदिरा बनाउँदा सूचना दिनुपर्ने, १८ वर्षभन्दा कम उमेरकालाई बिक्री वितरण गर्न नपाइने

सर्वोच्च अदालतले एक वर्षमा जम्मा ३० लिटरसम्म घरेलु मदिरा र ६० लिटरसम्म जाँड बनाउन पाउने र त्यसको जानकारी नियमनकारी निकायलाई गराउनुपर्ने फैसला जारी गरेको छ।

चाडबाडको मुखैमा सार्वजनिक भएको फैसलाको पूर्णपाठमा ‘चाडबाड, रीतिरिवाज र संस्कृति’का लागि मदिरा उत्पादन र वितरणबारे नयाँ मापदण्ड तोकिएको छ।

घरेलु मदिरा तथा मदिराजन्य पदार्थले जीउज्यान, स्वास्थ्य र सम्पत्तिमा हानी पुर्याएको भन्दै उमेर नपुगेका व्यक्तिलाई मदिरा बिक्रीवितरण गर्न नपाइने पनि फैसलामा उल्लेख छ।

थप जानकारीका लागि हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओमा।

अनि यो पनि