अनलाइन कक्षा भए पनि बालबालिकालाई मोबाइल र कम्प्युटरको स्क्रीनबाट कसरी पर राख्ने?
कोरोनाभाइरस महामारीका कारण अहिले सबै विद्यालयहरू बन्द छन्।
थुप्रै विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन्।
शिक्षा मन्त्रालयले पनि यस वर्षको शैक्षिक सत्र खेर जान नदिन वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्ने भनिरहेको छ।
यस्तो अवस्थामा बालबालिकाले कम्प्युटर र मोबाइल फोनको स्क्रीनमा धेरै समय बिताउँदा कस्तो असर पर्छ र त्यो समयलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेबारे प्रश्न उठ्न थालेको छ।
बालविकासविज्ञ मिनाक्षी दाहालका अनुसार अनलाइन कक्षामा पनि बालबालिकाहरूलाई प्रकृतिसँग नजिक बनाई उनीहरूले स्क्रीनमा बिताउने समय कम गराउन सकिन्छ।
हेर्नुहोस् उनीसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ।