कोरोना भाइरस नेपाल: पितृलाई खुसी पार्न इन्टरनेट र प्रविधि
हिन्दू धर्मावलम्बीहरूले दिवङ्गत पितृको सम्झनामा सोह्र दिनसम्म तर्पण र पिण्डदान गर्ने कार्य अर्थात् सोह्रश्राद्ध अहिले जारी छ।
पुरोहितलाई घरमा बोलाएर गरिने कर्मकाण्ड कोरोनाभाइरसको महामारी र जारी निषेधाज्ञाका कारण 'भर्चुअल' बन्न थालेको छ।
स्थानीय प्रशासनको आग्रह र स्वास्थ्यको सुरक्षाका लागि मोबाइल र इन्टरनेटको उपयोगबाट घरमै बसेर पितृकार्य गराएको रूपन्देहीका पण्डित कृष्णप्रसाद पोखरेलले बताए।
प्रविधिको उपयोगबाट पितृकार्य 'प्रभावकारी भएको बताइएपनि केही व्यक्तिहरूले यस्तो ‘भर्चुअल श्राद्ध’ अपूरो हुने बताएका छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।