जातीय विभेदका कारण आक्रमण भएको कीर्तिमानधारी खेलाडीको आरोप

भिडिओ क्याप्शन सुरु हुँदैछ, चन्द्रकला लाम्गादेः 'जातीय विभेदका कारण आक्रमण'

ताप्लेजुङकी २६ वर्षीया वर्षीया चन्द्रकला लाम्गादे ज्याभलिन थ्रोकी राष्ट्रिय कीर्तिमानधारी खेलाडी हुन्।

उनी अहिले भौतिक आक्रमणमा परेर दमकस्थित अस्पतालमा उपचार गराउँदै छिन्। जातीय भेदभावका कारण आफूमाथि आक्रमण भएको उनको दाबी छ।

आरोपितहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ।

उनीसँग के भएको थियो? लाम्गादेसँग कुराकानी गरेर सृजना श्रेष्ठले तयार गरेको यो भिडियो।