रोजगारीका लागि यूएई गएका यी नेपाली युवक भन्छन्, '४० पटक दूतावास धाएँ, मेरो कुरा कसैले सुनेन'

भिडिओ क्याप्शन सुरु हुँदैछ, रोजगारीका लागि यूएई गएका एक नेपाली भन्छन्, '४० पटक दूतावास धाएँ, मेरो कुरा कसैले सुनेन'

बारा जिल्लाका शिव बच्चन साह रौनियार गत मार्च महिनामा धेरै कमाउने सपना देखेर यूएई पुगेका थिए। तर काम थालेकै दिन उनले रोजगारी गुमाउनुपर्‍यो।

केही साताअघि उनी नेपाली दूतावासमा गएर सहयोगको याचना गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

बीबीसीको सम्पर्कमा आएका उनले आँखाभरि आँसु निकाल्दै भने, 'दूतावासमा ४० पटक धाइसकेँ... तर मेरो कुरा कसैले सुन्दैनन्।"

हेर्नुहोस् उनीसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि