जलवायु परिवर्तन: 'नयाँ जङ्गल बनाउँदा फाइदाभन्दा धेरै हानि'

Ethiopia

तस्बिर स्रोत, Empics

तस्बिरको क्याप्शन, इथियोपियामा रुख रोप्दै गरेका बालबालिका, त्यहाँ जलवायुसँग जुझ्न नयाँ जङ्गल बनाउने नीति लिइएको छ
    • Author, म्याट म्याकग्राथ
    • Role, वातावरण संवाददाता

ठूलो सङ्ख्यामा रुख रोप्दा विश्व वातावरणलाई फाइदाभन्दा बेफाइदा हुने दुई नयाँ अध्ययनले देखाएका छन्।

एउटा अध्ययनले आर्थिक सहायता पाइने भएकाले रोपिने रुखहरूका कारण जैविक विविधता मासिने र कार्बन उत्सर्जनमा थोरै मात्र सहयोग पुग्ने देखाएको छ।

अर्को छुट्टै अध्ययनले नयाँ जङ्गलले सोस्न सक्ने कार्बनको मात्रा सोचिएभन्दा कम हुनसक्ने देखाएको छ।

Chile

तस्बिर स्रोत, Robert Heilmayr

तस्बिरको क्याप्शन, चिलेमा हालै रोपिएका धूपी प्रजातिका रुखहरू

दुवै अध्ययनको मुख्य सन्देश चाहिँ रुख रोप्नु नै जलवायु सुधार्ने सजिलो समाधान भने होइन भन्ने नै छ।

जलवायु परिवर्तन सुधार्न केही वर्षयता थोरै लगानीमा उच्च असर पार्न रुख रोप्ने भन्ने धारणाले प्रचलित छ।

अघिल्ला अध्ययनहरूमा आधारित भएर रुखले कार्बन उत्सर्जन सोस्न सक्ने ठूलो सम्भावना रहेको भन्दै कैयौँ मुलुकहरूले रुख रोप्ने अभियान नै चालएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नासाको अनुसन्धानले पृथ्वीको दुई ध्रुवमा ठूलो मात्रामा बरफ पग्लिएको देखाएको छ

यूकेमा राजनीतिक पार्टीहरूले गत वर्षको चुनावताका सकेसम्म धेरै रुख रोप्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले पनि खर्बौँ रुख रोप्ने अभियान थाल्ने बताएका थिए।

अमेरिकी कङ्ग्रेसमा उक्त धारणालाई बल पुग्ने गरी बोन च्यालेन्ज भन्ने विधेयक समेत प्रस्तुत भएको छ।

अहिलेसम्म ४० मुलुकले अनुमोदन गरेको योजनामा सन् २०३० सम्म ३५ करोड हेक्टरमा वन फैलाउने लक्ष्य छ।

Chile

तस्बिर स्रोत, Cristian Echeverría

तस्बिरको क्याप्शन, चिलीको जङ्गल

तर वैज्ञानिकहरूले रुख रोप्न हतार गरिहाल्नु अघि सावधानी अपनाउन आग्रह गरेका छ्न।

उनीहरूले बोन च्यालेन्जमा व्यवस्था भए अनुरुप नयाँ रोपिने रुखमा ८० प्रतिशतजति फलफुल र रबर प्लान्ट रहेकाले प्राकृतिक जैविक विविधता नष्ट हुने बताएका हुन्।

नयाँ अध्ययनका लेखकहरूले मानिसहरूलाई रुख रोप्नका लागि दिन थालिएको आर्थिक सहायताको अध्ययन र विश्लेषण गरेका छन्।

यसरी आर्थिक सहायता दिँदा रुखहरू ठूलो सङ्ख्यामा बढ्ने ठानिएको छ।

अध्ययनमा चिलेको उदाहरण हेरिएको छ। त्यहाँ सन् १९७४ देखि २०१२ सम्मको रुख रोप्ने प्रक्रियामा अपनाइएका नीतिहरू विश्लेषण गरिएको छ।

त्यहाँको वृक्षारोपण संसारकै लागि उदाहरणीय वन ब्युँताउने योजनाका रूपमा लिने गरिएको छ।

Trump

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पृथ्वी दिवसका दिनमा रुख रोप्दै

त्यस्तो सुविधा विद्यमान जङ्गललाई उपलब्ध नगराइने भनिएको भए पनि केहीले प्राकृतिक जङ्गल मासेर फाइदा हुने नयाँ रुख रोपेका थिए।

अध्ययनमा आर्थिक सहायता दिइएका कारण रुखको सङ्ख्या बढे पनि प्राकृतिक जङ्गलले ढाकेको क्षेत्र भने घटेको पाइयो।

लेखकहरूले चिलेको प्राकृतिक जङ्गलमा जैविक विविधता थियो जसले ठूलो मात्रामा कार्बन उत्सर्जन सोस्थ्यो तर नयाँ रुखले त्यसो नगरेको र जैविक विविधता घटाएको औँल्याएका छन्।

"यदि नीतिहरू राम्रोसँग बनाइएनन् र प्रभावकारी कार्यान्वयन गरिएनन् भने सर्वसाधारणको पैसा खेर जान्छ, कार्बन उत्सर्जित कार्ब सोस्ने काम हुँदैन र जैविक विविधता मासिँदै जान्छ," स्ट्यान्फोर्ड विश्वविद्यलयका प्रोफेशर एरिक ल्याम्बिनले भने।

"तर नीतिको उद्देश्य त्यसको ठिक विपरित थियो।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, जलवायु सङ्कटको केन्द्रबिन्दुमा कार्बन डाइअक्साइड