युक्रेनमा सरोगेट आमाले जन्माएका एक शिशु र विदेशी अभिभावकको मिलन
युक्रेनमा सरोगेट आमाहरूले जन्माएका शिशुलाई तिनका वास्तविक अभिभावकसँग भेटाउने प्रयास जारी छ।
लकडाउनका कारण लागु गरिएका प्रतिबन्धात्मक व्यवस्थाका कारण अभिभावकहरूले यात्रा गर्न नपाएपछि कीएभमा गत महिना १०० भन्दा बढी नवजात शिशु अलपत्र परेका थिए।
बीबीसी संवाददाता जोना फिशरले १० हप्तापछि कीएभ पुगेर आफ्नो बच्चा भेटेका एक विदेशी दम्पतीसँग कुराकानी गरेका छन्। हेर्नुहोस् यो भिडिओ।