कोरोना भाइरस नेपाल: लकडाउनमा दुई महिना बिताएपछि सर्वसाधरण भन्छन्, ‘अब के खाने, कहाँ जाने’
कोरोनाभाइरसको सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि पटकपटक गरी थपिएको लकडाउनको अवधि दुई महिना पुगेको छ।
नयाँ सङ्क्रमणको गति र सङ्ख्या हेर्दा सरकारले लकडाउनको अवधि पुन: थप हुनसक्ने अधिकारीहरूको अनुमान छ।
गत चैत ११ देखि देशभरि अत्यावश्यकबाहेक अन्य काममा हिँडडुल र सवारीसाधन प्रयोग गर्न रोक लगाइएपछि खासगरी निम्न आय भएका तथा ज्यालामजदुरी गर्ने वर्ग ज्यादै मर्कामा परेका छन्।
देशका विभिन्न स्थानमा सर्वसाधरणसँग गरिएको कुराकानीका आधारमा कमल परियारले तयार पारेको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि