इलोन मस्क: अर्बपति इलोन मस्क र गायिका ग्राइम्सका छोराको अनौठो नाम X Æ A-12

Elon Musk and Grimes

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, इलोन मस्क र उनकी प्रेमिका ग्राइम्सले सोमवार आफ्नो छोरा जन्मिएको घोषणा गरेका थिए
पढ्ने समय: २ मिनेट

बालकको अनौठो नामको उच्चारण र आधिकारिक रूपमा दर्ता हुन्छ कि हुँदैन भन्ने प्रश्न सामाजिक सञ्जालमा उठेका छन्।

विद्युतीय कार निर्माता टेस्लाका संस्थापक इलोन मस्क र गायिका ग्राइम्सले आफ्नो बच्चाको नाम X Æ A-12 राखेको पुष्टि गरेका छन्।

स्पेस एक्स कम्पनीका प्रमुख मस्कले सोमवार छोराको जन्म भएको घोषणा गरेका थिए। "आमा र बच्चा दुवै सकुशल," उनले ट्विटरमा लेखेका थिए।

उनले बच्चाको नाम 'X Æ A-12 मस्क' हुने लेखेका थिए र पछि उनकी प्रेमिका ग्राइम्सले त्यो नामको व्याख्या गरेकी थिइन्।

ती बालकको अनौठो नाम ट्विटरको ट्रेन्डिङ परेको थियो। धेरैले यो नाम कसरी उच्चारण गर्ने भनेर प्रश्न गरेका छन्।

के हो नामको अर्थ?

ट्विटरमा ठट्टा गरिरहने मस्कले आफ्ना नवजात शिशुको नाम घोषणा गर्दा धेरैले पत्याएका थिएनन्।

तर उनकी प्रेमिका तथा क्यानडेली गायिका ग्राइम्सले नामको अर्थ लेखेर ट्वीट गरेकी छन्।

नाममा रहेको ए र ई जोडिएको संयुक्त अक्षर Æ ल्याटिन र पुरानो अङ्ग्रेजी भाषामा प्रयोग हुने भए पनि हाल खासै प्रयोग हुँदैन।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

'एश' भनिने यो अक्षर नर्वेली तथा डेनिश भाषामा प्रचलनमा छ।

ग्राइम्सले आफ्नो साङ्गीतिक एल्बमको नाममा पनि यो अक्षर प्रयोग गरेकी थिइन्।

ए-१२ भने एक विशाल सैन्य सामग्री उत्पादक लकहिडले अमेरिकी गुप्तचर निकायका लागि निर्माण गरेको एउटा विमान हो। उक्त विमानलाई निर्माण अगाडि 'आर्कएन्जल' भनिन्थ्यो।

उनले आर्कएन्जलआफ्नो मन पर्ने गीत भएको पनि बताइन् तर त्यो गीत कसले गाएको भनेर चाहीँ खुलाएकी छैनन्।

बालकको नाम कसरी उच्चारण गर्ने भन्ने स्पष्ट छैन।

तर मस्कले एक जना प्रश‌ंसकले एक्स एश आर्कएन्जल हो कि भनेर ट्विटरमा सोध्दा त्यसलाई लाइक गरेका छन्।

यस्तो नाम दर्ता हुन्छ?

शिशुको जन्म क्यालिफोर्नियामा भएको बताइएको छ। त्यहाँको स्थानीय पञ्जिकाधारी कार्यालयले केही प्रकारका नामहरू दर्ता गर्दैन।

Elon Musk and baby

तस्बिर स्रोत, Elon Musk

तस्बिरको क्याप्शन, इलोन मस्कले बच्चा जन्मिएपछि ट्वीट गर्दै "आमा र बच्चा सकुशल" रहेको बताएका थिए

त्यहाँको नियममा नामका अक्षरहरू अङ्ग्रेजी भाषामा प्रचलित वर्णमालाका २६ अक्षरमा नै हुनुपर्छ।

अन्य देशमा पनि नामका बारेमा नियमहरू छन्।

न्यूजील्यान्डमा एक व्यक्तिले 4Real नाम राख्न खोज्दा अङ्कबाट आरम्भ हुने नाम दर्ता नहुने बताइएको थियो।

स्वीडनमा कर अधिकारीहरूले 'मेटालिका' नाम हुँदैन भनेपछि एक जोडीले अदालतलाई गुहारेका थिए।

स्वीडनको कानुन अनुसार व्यक्तिको नाम र थर दुवै अधिकारीले स्वीकृत गरेपछि मात्रै प्रयोग गर्न पाइन्छ।

तर सन् २०१४ मा स्कटल्यान्डमा तीन बच्चाको नाम एम, आर र टी भने स्वीकृत भएको थियो।