कोरोनाभाइरस: यसरी जाँचियो विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलको शरीरको तापक्रम

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस: पूर्वराजारानीको परीक्षण

विश्वका विभिन्न देशमा कोरोनाभाइरस फैलिएपछि नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सतर्कता बढाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले विदेशबाट आउने विमानको सङ्ख्या घटेको भए पनि दैनिक औसत ७,००० यात्रुको परीक्षण हुने गरेको अधिकारीहरूले बताएका छन्।

भारतबाट फर्किएका पूर्वराजदम्पतीको परीक्षण गरिएको भिडिओ अहिले सामाजिक सञ्जालमा देखा परेको छ।

पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल आइतवार नयाँ दिल्लीबाट नेपाल फर्किएका हुन्।

सुरुमा चीन, थाईल्यान्ड, मलेशिया, सिङ्गापुर र दक्षिण कोरियाबाट आउने यात्रुको परीक्षण गरिएको भए पनि अहिले अन्य देशबाट आएका मानिसहरूको पनि परीक्षण गर्न थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आइतवारदेखि 'थर्मल गन' नामक उपकरण प्रयोग गरेर सबै यात्रुको शरीरको तापक्रम जाँच्न थालिएको तथा उनीहरूको शरीरमा लिक्विड स्यानिटाइजर एजेन्ट स्प्रे गर्ने व्यवस्था मिलाइएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जनाएका छन्।

अनि यो पनि