भारतको केरलामा भान्साको धाराबाट मदिरा बग्न थालेपछि…

रक्सी मिसिएको पानी

तस्बिर स्रोत, JOSHY MALIYEKKAL

दक्षिण भारतको केरला राज्यको एउटा आवासीय भवनमा बस्ने मानिस धाराहरूबाट बियर, ब्र्यान्डी र रम मिसिएको तरल पदार्थ बग्न थालेपछि अचम्भित भएका छन्।

सोमवार बिहान उनीहरूको भान्सामा धाराबाट अचानक मदिराको गन्ध आउने खैरो झोल बग्न थालेको थियो।

त्यसपछि आश्चर्यचकित बनेका मानिसहरूले अधिकारीहरूसमक्ष आफ्ना गुनासो राखेका थिए। छानबिनको क्रममा उनीहरूले पानी तान्ने गरेको इनारको पानी दुर्घटनावश दूषित भएको पाइयो।

इनारनजिकै अधिकारीहरूले जफत गरेको ६,००० लिटर मदिरा नष्ट गरेर पोखिएको पाइयो।

अदालतको आदेशपछि जफत गरिएको मदिरालाई नजिकै एउटा खाल्टोमा हालिएको थियो। तर त्योपछि नजिकैको इनारमा पुग्न गएको रहेछ।

त्यहाँ रहेका इनारबाट केरलाको त्रिस्सूर जिल्लास्थित आवासीय भवनका १८ वटा फ्ल्याटमा पानी तान्ने गरिएको रहेछ।

'हामी त छक्कै पर्‍यौँ'

उक्त आवासीय भवनका मालिक जोशी मालिएक्कले बीबीसी हिन्दीका इमरान कुरेसीलाई भने, "हामी त छक्कै पर्‍यौँ।"

धाराको पाइप

तस्बिर स्रोत, JOSHY MALIYEKKAL

तर कडा गन्ध आएको पानी मानिसहरूले प्रयोग गरेनन्।

पिउन र कपडा धुन पानी नभएपछि समस्या पनि भयो। मालिएक्कलले भने, "बच्चाहरू विद्यालय जान पाएनन् र उनीहरूका आमाबाबु काममा जान पाएनन्।"

Presentational grey line

यो पनि हेर्नुहोस्

Presentational grey line

त्यहाँका बासिन्दाले उजुरी गरेपछि अधिकारीहरूले तुरुन्तै आफ्नो गल्ती सुधार्न काम थालिहाले। तर पानी तानेर इनार सफा गर्न महिनौँ लाग्ने देखिएको छ।

मालिएक्क लले भने, "अहिले दैनिक ५,००० लिटरजति पानी आपूर्ति गर्ने व्यवस्था गरिएको छ। तर त्यो त्यहाँ बस्ने सबैलाई पर्याप्त हुँदैन।"

सरोकारवाला निकायका अधिकारीहरूले बीबीसीको प्रश्नको उत्तर दिएका छैनन्।

केरला भारतमा सर्वाधिक मदिरा खपत हुने राज्य हो।