चालकको गल्तीका कारण विमान इरानको सडकमा अवतरण

विमान

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, विमानको चक्कामा उत्पन्न समस्याले यस्तो भएको सरकारी टेलिभिजनका एक जना संवाददाताले जनाएका छन्

त्रुटिपूर्ण ढङ्गले गरिएको अवतरणपछि इरानमा एउटा यात्रुवाहक विमान राजमार्गको बीचमा रोकिएको छ।

दक्षिण पश्चिम महसार शहरमा भएको उक्त दुर्घटनामा विमानमा सवार १३५ यात्रु भने सकुशल रहेको जनाइएको छ।

उक्त विमान तेहरानबाट उडेको थियो। अवतरणका क्रममा विमानको पाङ्ग्रा पुरै बाहिर निस्कन नसकेको बताइन्छ।

राजमार्गमा पुगेको विमानबाट यात्रुहरूका बाहिर निस्किरहेका तस्बिर र भिडिओहरू सामाजिक सञ्जालमा राखिएका छन्।

सरकारी टेलिभिजनले प्रान्तीय अधिकारीहरूलाई उद्धृत गर्दै विमानचालकले ढिलो अवतरण गराएको कारण धावनमार्गमा विमान रोक्न नसकेको जनाएका छन्।

विमानमा सवार एक जना पत्रकारले उक्त विमानमा पछाडिको चक्का भाच्चिएको र चक्काबिना चिप्लिएर सडकमा पुगेको बताएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

नागरिक उड्ययन निकायका प्रवक्ताले सोमबार बिहान स्थानीय समय अनुसार ७ बजेर ५० मिनेट जाँदा उक्त घटना भएको बताए।

उनले यसबारे अनुसन्धान भइरहेको पनि उल्लेख गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

इरानमा उड्ययन सुरक्षाको अवस्था खराब रहेको छ।

सन् २०१९ को फेब्रुअरीमा भएको एउटा दुर्घटनामा ६६ जनाको मृत्यु भएको थियो।

सन् २०११ मा इरान एअरको एउटा विमान टुक्राटुक्रा हुँदा दर्जनौँले ज्यान गुमाएका थिए।

इरानका दुइ वायुसेवालाई युरोपेली सङ्घले सुरक्षा चासोका कारण प्रतिबन्ध लगाएको वा आफ्नो हवाई क्षेत्र प्रयोग गर्न रोकेको छ।

सन् २०१५ मा शक्ति राष्ट्रहरूसँग परमाणु सम्झौता भएपछि प्रतिबन्धहरू हट्ने आशामा इरानले आफ्नो उड्ययन क्षमता वृद्धि गर्ने लक्ष्य लिएको थियो। तर अमेरिकी अर्थ मन्त्रालयले सन् २०१८ मा राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त सम्झौता अस्वीकार गरिदिएपछि इरानलाई यात्रुवाहक विमान बेच्ने कम्पनीहरूको इजाजतपत्र खारेज गर्ने निर्णय लिइएको थियो।