सामाजिक सञ्जालमा लेखे बापत पाँच लाख रुपैयाँसम्म जरिमाना र पन्ध्र वर्षसम्म कैद कति जायज
सूचना प्रविधि विधेयकमा व्यवस्था गरिएको सामाजिक सञ्जाल प्रयोगबारेको व्यवस्थामाथि अहिले व्यापक बहस भइरहेको छ।
प्रतिनिधि सभाबाट प्राप्त विधेयक संसद्को विकास तथा प्रविधि समितिले पारित गरेको छ।
विकास समितिका सदस्य तथा सत्तारूढ नेकपामा सांसद यज्ञराज सुनुवारले सामाजिक सञ्जालको दुरुपयोग गरिएकोले त्यसको नियन्त्रणका लागि बलियो कानुन बनाउने प्रयत्न गरेको बताउँछन्।
तर सेतोपाटी डिजिटल पत्रिकाका प्रधानसम्पादक अमित ढकाल विद्युतीय या अन्य जुनसुकै माध्यममा अरूको मानहानी गर्नेहरूका लागि विद्यमान कानुन नै पर्याप्त रहेको बताउँछन्।
सामाजिक सञ्जालमा लेखे बापत गर्न लागिएको सजायको व्यवस्थाबारे सत्तारूढ दलका सांसद यज्ञराज सुनुवार र सेतोपाटी डिजिटल पत्रिकाका प्रधानसम्पादक अमित ढकालबीच बहस। सुन्
थप जान्नका लागि सुन्नुहोस् यज्ञराज सुनुवार र अमित ढकालबीचको बहस।