पृथ्वीलाई पुनर्जीवन दिने कार्यमा पुरस्कार दिने राजकुमार विलियम र राजकुमारी केटको घोषणा

सन् २०१९ को अक्टोबरमा ड्यूक र डचिस अफ केम्ब्रिज पाकिस्तानको एउटा हिमनदी हेर्न पुगेका थिए
तस्बिरको क्याप्शन, सन् २०१९ को अक्टोबरमा ड्यूक र डचिस अफ केम्ब्रिज एउटा हिमनदी हेर्न पाकिस्तान गएका थिए
Published
पढ्ने समय: २ मिनेट

यूकेका ड्यूक र डचिस अफ केम्ब्रिजले आगामी दशक पृथ्वीलाई पुनर्जीवन दिने कार्य गरिने बताउँदै जलवायु संरक्षणको क्षेत्रमा पुरस्कारको घोषणा गरेका छन्।

सन् २०२१ देखि सन् २०३० सम्म 'द अर्थशट प्राईज' का प्रत्येक वर्ष पाँच विजेता हुनेछन्।

सो नगद पुरस्कार पर्यावरणीय समस्याको समाधानको अवधारणा ल्याउने व्यक्ति वा संस्थालाई प्रदान गरिनेछ।

राजकुमार विलियमले संसारसँग कि यो ग्रहलाई पुनर्जीवन दिनै नसकिनेगरी हानि पुर्‍याउने कि नेतृत्व लिएर नयाँ सिर्जनामार्फत् समस्या समाधान गर्ने विकल्प रहेको बताएका छन्।

राजकुमार विलियम र राजकुमारी केटले यो घोषणा सामाजिक सञ्जालमा प्रेषित एउटा भिडिओमार्फत् गरेका हुन्।

ड्यूक र डचिस अफ क्याम्ब्रिज
Presentational white space

यो पुरस्कार सन् २०२० मा औपचारिक रूपमा घोषणा गरिनेछ।

सन् २०२० को फेब्रुअरीमा चीनमा जैविक विविधताको सम्मेलन र नोभेम्बरमा ग्लास्गोमा जलवायु सम्मेलन हुँदैछ।

अर्थशट पुरस्कारका लागि जलवायु परिवर्तन र वायु प्रदूषणजस्ता 'संसारका सबैभन्दा ठूला समस्या' समाधान गर्न कम्तीमा ५० वटा उपाय खोज्न आह्वान गरिनेछ।

राजकुमार विलियम आफ्ना छोराछोरीहरूसँग

यो पुरस्कारको योजना गर्दा ६० भन्दा बढी संस्था र विज्ञसँग सुझाव लिइएको थियो।

यो पुरस्कार सुरुमा द रोयल फाउन्डेशन अफ द ड्यूक र डचिस अफ केम्ब्रिजले सञ्चालन गर्ने र पछि एउटा स्वतन्त्र संस्था बन्ने बताइएको छ।

यो योजनालाई मनकारी चन्दादाता र संस्थाहरूले सहयोग गर्नेछन्।

शाही जोडीले सोमवार एउटा ट्वीट गर्दै केही महत्त्वपूर्ण घोषणा गर्न लागेको सङ्केत गरेका थिए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

उक्त पुरस्कारको नाम भूतपूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनिडीको 'मूनशट' परियोजनाबाट अभिप्रेरित भएर राखिएको हो।

केनिडीले सन् १९६१ मा अमेरिकी अन्तरिक्षयात्रीहरूलाई एक दशकभित्र चन्द्रमामा अवतरण गराउने लक्ष्य राख्दा उक्त परियोजनाको नाम मूनशट राखेका थिए।

राजकुमार विलियमले भने, "पृथ्वी गम्भीर बिन्दुमा छ र हामीसँग दुइटा विकल्प छन्: हामी जुन स्थितिमा छौँ त्यसैलाई निरन्तरता दिने अनि हाम्रो ग्रहलाई फेरि यथास्थितिमा ल्याउनै नसकिनेगरी क्षति पुर्‍याउने वा मानवजातिका रूपमा आफूसँग भएको विशेष शक्ति एवम् नेतृत्व, नवप्रवर्तन तथा समस्या समाधान गर्ने अविच्छिन्न क्षमता सम्झिने।"