महाकवि देवकोटाकी छोरी भन्छिन्, 'सङ्ग्रहालयलाई विदेशीले पनि आहा भनून्’
सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा सङ्ग्रहालय बनाउन उनको जीर्ण घर किनेको छ।
देवकोटा परिवारले मैतिदेवीस्थित १२ आना जग्गा र त्यसमा बनेको घर नेपाल प्रज्ञा प्रतिष्ठानलाई हस्तान्तरण गरेको छ।
प्रतिष्ठानका अनुसार सङ्ग्रहालयको विस्तृत परियोजना प्रतिवेदन बनाउने प्रक्रिया सुरु भइसकेको छ।
सरकारले आवश्यक बजेट विनियोजन गरेमा भूकम्पले जीर्ण बनेको घरलाई एक वर्षभित्र सङ्ग्रहालय बनाइने प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्यायले बताए।
देवकोटाले लामो समय बिताएको नेपाली मौलिकता झल्किने घर 'विदेशीले समेत आहा भन्ने' हिसावले बनाइनुपर्ने देवकोटाकी माइली छोरी अम्बिकादेवी रिमालले बताइन्।
हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ।
अनि यो पनि