प्रसिद्ध गढीमाई मेलाको रौनक

बाराको गढीमाई मेलामा आफूले भाकल गरेको र मनोकामना पूरा भएको भन्दै नेपाल र भारतका विभिन्न ठाउँबाट राँगा, बोका तथा परेवा बलि दिनका लागि हजारौँ सङ्ख्यामा भक्तजन मेला स्थलमा पुगेका छन्।

गढीमाई
तस्बिरको क्याप्शन, नेपालको बारा जिल्लाको बरियारपुरमा मङ्सिर १ गतेदेखि जारी एक महिने पञ्चवर्षीय गढीमाई मेलामा नेपाल र भारतबाट आउने भक्तजनको सङ्ख्या दिनहुँ बढिरहेको मेला समितिले जनाएको छ।
गढीमाई
तस्बिरको क्याप्शन, हरेक पाचँ वर्षमा एक महिना लाग्ने मेलामा ठूलो सङ्ख्यामा राँगा, बोका, कुखुरा र परेवाको बलि दिइने गरिन्छ।
गढीमाई
तस्बिरको क्याप्शन, गढीमाईलाई विशेषगरी चढाइने जीरा मिठाई भनिने मिठाई बनाउने र विक्री गर्न व्यापारीले मेला स्थलमा दर्जनौँ पसल थापेका छन्।
गढीमाई
तस्बिरको क्याप्शन, मेला समितिका अनुसार गढीमाई मेला हेर्न बन्दोबस्तीका सरसामानसहित ठूलो सङ्ख्यामा महिलाहरू पनि पुग्ने गरेका छन्।
गढीमाई
तस्बिरको क्याप्शन, बलि दिनुअघि रागाँ लगायत जनावरलाई फूलमाला आदि लगाएर विशेष रूपमा सिँगारिने गरिन्छ।
गढीमाई
तस्बिरको क्याप्शन, गढीमाई दर्शनका लागि पुग्जे भक्तजनका लागि बस्ने पण्डालको व्यवस्थापन, निःशुल्क खाना, बाटो लगायत सबै व्यवस्था गरिएको मेला समितिले जनाएको छ।
गढीमाई
तस्बिरको क्याप्शन, मेलामा अबीर लगायत पूजा सामग्रीको विक्रीका लागि ठूलो सङ्ख्यामा व्यापारीहरूले पसल थापेका छन्।
गढीमाई
तस्बिरको क्याप्शन, मेलाको व्यवस्थापनका लागि एक हजार जनाभन्दा बढी सुरक्षाकर्मी खटाईएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।