ककपिटमा बसेकी महिला यात्रुको तस्बिर भाइरल भएपछि चिनियाँ विमानचालकलाई आजीवन प्रतिबन्ध

ककपिट

तस्बिर स्रोत, Weibo/Screenshot

एउटा चिनियाँ विमानको ककपिटमा बसेकी युवतीको तस्बिर निकै चर्चित भएपछि उक्त विमानका चालकलाई उडान गर्न प्रतिबन्ध लगाइएको छ।

आन्तरिक उडानमा रहेको एअर ग्वेयलिनको विमानभित्र ज्यानुअरी महिनामा उक्त तस्बिर खिचिएको सरकारी पत्रिका ग्लोबल टाइम्सले जनाएको छ।

तर गत साता चिनियाँ सामाजिक सञ्जालमा उक्त तस्बिर भाइरल भएपछि विमानसेवाले ती विमानचालकलाई विमान उडान आजीवन प्रतिबन्ध लगाइएको घोषणा गर्‍यो।

तस्बिर खिच्दा ती महिला हँसिलो मुद्रा देखिन्छिन् र उनको अगाडि खानेकुरा पनि देखिन्छ।

विमानसेवा के भन्?

एअर ग्वेयलिनले एउटा विज्ञप्तिमार्फत् ककपिटमा 'असम्बन्धित मानिसलाई लगेको' भन्दै पाइलटले उड्डययन सुरक्षाका नियमहरू उल्लङ्घन गरेको जनाएको छ।

आइतवार ती महिलाले राखेको तस्बिरको स्क्रीनशट माइक्रोब्लगिङ साइट विबोमा थेरैले शेअर गरेका थिए।

चीन विमान

तस्बिर स्रोत, AFP

उक्त पोस्टमा ती महिलाले तस्बिरसँगै 'क्याप्टेनलाई धन्यवाद। निकै खुसी' लेखेकी थिइन्।

चिनियाँ समाचासंस्थाको वेबसाइटका अनुसार ती महिला ग्वेयलिन विश्वविद्यालयकी प्रशिक्षार्थी विमानपरिचारिका हुन सक्ने अनुमान गरिएको जनाएको छ।

कारबाही

सो विमानसेवाले उक्त तस्बिर उडान हुँदाहुँदै खिचिएको हो कि हैन त्यो स्पष्ट पारेको छैन।

तर चिनियाँ विमानचालक तथा समीक्षकहरूले विमान उडिरहेकै बेला फोटो खिचिएको हुन सक्ने बताएका छन्।

आजीवन प्रतिबन्धको कारबाही खेपेका विमानचालकको परिचय गोप्य राखिएको छ।

तर उनी विमानसेवाका सबैखाले भूमिकाबाट हटाइएका हुन कि होइनन् भन्ने स्पष्ट छैन।

चीनको नागरिक उड्डयन प्रशासनका अनुसार यात्रुलाई विशेष स्वीकृति वा 'आवश्यक' अवस्थामा बाहेक ककपिटमा लैजान पाइँदैन।

त्यसमा संलग्न अन्य कर्मचारीलाई अनुसन्धान पूरा नहुँदासम्मका लागि निलम्बन गरिएको छ।

गत वर्ष चीनकै डोङ्गाई विमानसेवाले एक विमानचालकले श्रीमतीलाई ककपिटमा प्रवेश गर्न दिएपछि उनलाई छ महिनाका लागि निलम्बन गरेको थियो।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, धानबारीमा यात्रुवाहक विमान