रेमिट्यान्स पठाउँदा अर्बौं डलर बिचौलिया कहाँ यसरी पुग्छ
Published
आप्रवासी कामदारहरू धेरैजसो न्यून ज्याला आउने काम गर्छन्।
उनीहरूले कडा मेहनत गरेर कमाएको पैसा आफ्नो जन्मदेशमा परिवारको भरथेगका लागि पठाउने गर्छन्।
तर कामदार कहाँबाट उनका घर पैसा पुर्याउने कम्पनीहरूले ठूलो मात्रामा शुल्क लिन्छन्।
सन् २०१८ मा यसरी बीचका कम्पनीहरूले पाएको पैसा सारा अफ्रिकाका लागि विदेशी सरकारले उपलब्ध गराएको सहयोग भन्दा बढी थियो।
तर किन शुल्क यति महँगो छ र त्यो कम गर्न कसरी सकिन्छ?