दक्षिण कोरियाकी प्रसिद्ध के-पप गायिका मृतावस्थामा फेला

तस्बिर स्रोत, Getty Images
दक्षिण कोरियाकी प्रसिद्ध के-पप गायिका सुल्ली एउटा घरमा मृतावस्थामा फेला परेकी छन्।
उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ।
प्रहरीले बीबीसीलाई बताएअनुसार उनका प्रबन्धकले सुल्लीलाई राजधानी सोलनजिकै रहेको उनको घरमा मृतावस्थामा भेटेका थिए।
पच्चीस वर्षीया सुल्लीका सन् २०१५ सम्म इन्स्टाग्राममा ५० लाखभन्दा बढी फलोअर थिए। तर पछि व्यावसायिक रूपमा अभिनय गर्न भन्दै उनले इन्स्टाग्राम चलाउन छोडिन्।
उनको वास्तविक नाम चोप जिन-रि हो। अन्लाइन माध्यममा दुर्व्यवहार खेप्नुपरेकाले उनले कोरियाली पप सङ्गीत अर्थात् के-पप छोडेको केही मानिसहरूको धारणा छ।
उनी महिलाहरू मात्र रहेको साङ्गीतिक समूह एफएक्सकी गायिका रूपमा परिचित थिइन्। सन् २०१५ मा उनी त्यो समूहबाट बाहिरिइन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
विभिन्न विवादमा पनि परेकी उनी पहिलो पटक ११ वर्षको उमेरमा एउटा टेलिभिजन धारावाहिक शृङ्खलामा देखिएकी थिइन्।
पछि उनी एसएम एन्टर्टेन्मन्ट भनिने प्रसिद्ध सङ्गीत उत्पादक कम्पनीमा के-पप प्रशिक्षक बनिन्।
उनी प्रशंसकहरूलाई आफ्नो शरीर कसरी देखाउने त्यो आफूमा भर पर्ने कुरा नि:सङ्कोच बताउँथिन्।
भित्री वस्त्र ब्रा नलगाई स्तनको मुख देखाएका कारण उनी विवादमा परेकी थिइन्।

तस्बिर स्रोत, HAN MYUNG-GU
मे २०१६ मा पहिलो चोटि त्यस्ता तस्बिर इन्स्टाग्राममा प्रकाशित भएपछि उनको ठूलो आलोचना भएको थियो।
गत महिना इन्स्टाग्राममा प्रत्यक्ष प्रसारित भिडिओमा उनका स्तनहरू देखिएपछि रूढीवादी दक्षिण कोरियामा विवाद उत्पन्न भएको थियो।
सुल्लीलाई प्रभावशाली नारी स्वरका रूपमा लिइन्थ्यो।
तर उनको शैली तथा लुगाका कारण अन्लाइन माध्यममा उनको धेरै आलोचना पनि हुन्थ्यो।

यो पनि हेर्नुहोस्










